neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अलाभेसमाथि ग्रानाडाको जित

Dec 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसिर १८
स्पेनिस ला लिगा फुटबलमा ग्रानाडाले अलाभेसमाथि जित निकालेको छ।घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा ग्रानाडाले अलाभेसलाई २-१ गोलले पराजित गरेको हो ।

ग्रानाडालाई जित दिलाउन एन्टोनियो पुएर्टास र बस्यान्टियागो एरियासले एक-एक गोल गरे ।

खेलको १४ औं मिनेटमा एन्टोनियो पुएर्टासले गोल गर्दै ग्रानाडालाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ८१ औं मिनेटमा ग्रानाडाका लुइस अब्रामले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरिमा फर्कियो ।

तर खेलको ८६ औँ मिनेटमा ग्रानाडाका बस्यान्टियागो एरियासले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै ग्रानाडाले १५ खेलबाट १५ अंक जोडेको छ र १५ औँ स्थानमा छ । पराजित अलाभेसको १५ खेलबाट १४ अंक छ र १६ औं स्थानमा छ । शीर्ष स्थानको रियल म्याड्रिडको १५ खेलबाट ३६ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi