neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा विकास बैंकको “गरिमा डिवेन्चर २०८५” को बिक्री खुल्ला

गरिमा विकास बैंकको “गरिमा डिवेन्चर २०८५” को बिक्री खुल्ला

Dec 2nd, 2021

काठमाडौ, मंसिर १६
गरिमा विकास बैंक लिमिटेडको वार्षिक ८.७५ प्रतिशत व्याजदरमा ७ वर्षका लागि आज बिहिबारबाट प्रतिकित्ता १००० रुपैया अंकित मूल्यका एक अर्व रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्रको बिक्री खुल्ला भएको छ ।

बैकका अनुसार सो मध्ये ४० करोड रुपैयाँ वरावरको चार लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गरिनेछ (जसमध्ये पाँँच प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैंया वरावरको छ लाख कित्ता व्यक्तिगतत वरवाट विक्री गरिने बैकले जनाएको छ । गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस एक गते सम्म हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम एक लाख कित्ता सम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रर्वधककोरुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ ।