neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एस्टन भिल्लामाथि सिटीको जित

Dec 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसिर १६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि जित निकालेको छ।बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई उसकै घरेलु मैदानमा २-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रुबेन डायस र बर्नार्डो सिल्भाले एक-एक गोल गरे ।एस्टन भिल्लाका ओली वाटकिन्सले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा रुबेन डायसले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४३ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४७ औं मिनेटमा एस्टन भिल्लाका ओली वाटकिन्सले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र सिटीले जित निकालेको हो ।

जितसंगै सिटीले १४ खेलबाट ३२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित एस्टन भिल्लाको १४ खेलबाट १६ अंक छ र १३ औं स्थानमा छ । शीर्ष स्थानको चेल्सीको १४ खेलबाट ३३ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi