neapl investment mega bank
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

Dec 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसिर १६
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४-१ गोलले पराजित गरेको हो ।

गुडिसन पार्कमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेन्डरसन र डिएगो जोटाले एक-एक गोल गरे ।एभर्टनका डेमाराई ग्रेले एक गोल गरे ।

खेलको नवौं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको १९ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३८ औं मिनेटमा एभर्टनका डेमाराई ग्रेले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर, दोस्रो हाफको ६४ औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

त्यसपछि खेलको ७९ औँ मिनेटमा डिएगो जोटालेले गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ ।पराजित एभर्टनको १४ खेलबाट १५ अंक छ र तालिकाको १४ औँ स्थानमा छ ।