neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्बन्धी सम्झौता

Dec 1st, 2021

काठमाडौ, मंसिर १५
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैकले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहिकर्जा उपलब्ध गराउने छ ।

बैकका अनुसार बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो । बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैंकका तर्फबाट काठमाण्डौ बैंकिङ् अफिसका मुुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त कार्यक्रममा बैकका ाप्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै राष्ट्रिय विमा संस्थानकातर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै बैैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बिमा संस्थान बिच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बिमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वीतहुने विश्वास व्यक्त गरे । त्यसै गरी उनले यीदुई संस्थाहबिच पारस्परिक सहयोगको अन्य धेरै संभावनाहरु रहेको समेत उल्लेख गरेका थिए । राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले नेपाल बैकले प्रदान गर्दे आएको सेवा सुविधाहरुको प्रसंसागर्दै राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुको लागि बिना धितो सेवाग्राही कर्जा लिने सुबिधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यबाद समेत दिएका थिए । उक्तकार्यक्रममा नेपाल बैंक लिमिटेड, काठमाण्डौ बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका ब्यवस्थापक भोलानाथ घिमिरेले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।