काठमाडौ, मंसिर १५
एनएमबी बैंकले ’बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । बैकका अनुसार नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक हो । ’द फाइनान्सियल टाइमस’को ’ द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदा गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबी बैंकले यो अवार्ड प्राप्त गरेको हो, बैकले भनेको छ ।
यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ’अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यसपटक ’बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो ।
एनएबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित हो । “बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो,“ प्रमुख कार्यकारी केसीले भने ।