neapl investment mega bank
  • गृहपृष्ठ
  • शब्दचित्रमा महासचिव पोखरेल ,अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमाले महासचिवसम्म

शब्दचित्रमा महासचिव पोखरेल ,अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमाले महासचिवसम्म

Nov 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १४
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताका रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गर्नुभएको छ ।

कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गर्नुभएका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा जन्मनु भएका पोखरेललाई जनताको बहुदलिय जनवादका व्याख्याताका रुपमा लिने गरिएको छ । २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/२०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएका पोखरेलले २०६२/२०६३ को जनआन्दोलनमा काठमाडाँैको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पस काठमाडाँैमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उहाँ प्रमुख वक्ता हुनुहुन्थ्यो ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नुभएको थियो । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलमा उहाँको सक्रिय सहभागीता रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको थियो । संविधान सभामार्फत् राज्यको पुनःसंरचना आवश्यक रहेको निष्कर्षका साथ उहाँले पार्टीमा राज्य पुनःसंरचना सम्बन्धी लिखित दस्तावेज प्रस्तुत गर्नुभएको थियो । राज्यको पुनःसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्रनम्वर ३ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । पार्टीको आठांै राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा उहाँले प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुमा पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशल वक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एम।बि।ए। तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ । आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवांै महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात गरेको थियो । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात् अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नुपर्दछ भन्ने पोखरेलले २०६६ सालमा सूचना तथा सञ्चार मन्त्रीको भूमिकामा रहेर उत्कृष्ट कार्य गर्नुभएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका रुपमा हेरिएका पोखरेल २०७४ सालको निर्वाचनमा दाङ क्षेत्रनम्वर २ (क) बाट प्रदेश सभामा निर्वाचित भई लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । संविधानको कार्यान्वयन गर्दै प्रदेश संरचनालाई स्थापित गर्न भूमिका खेल्नुभएका पोखरेलले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेशका रुपमा स्थापित गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नुभएका पोखरेलले पार्टी समस्यामा परेको बेला नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ ।

लामो समय पार्टी स्कुल विभागको उपप्रमुखको जिम्मेवारीमा रहेर पोखरेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा निकै सक्रिय हुनुहुन्छ । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुनुहुन्छ । विगतमा पार्टी सचिवका रुपमा काम गरिसक्नु भएका पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उहाँले साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउनु भएको छ । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गर्नुभएको छ । एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उहाँको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गर्नुभएको थियो । पटक पटक जेल र दर्जनौं पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये हुनुहुन्छ । एमालेको भविष्यका रुपमा हेरिएका पोखरेल दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संक्षेपमा शंकर पोखरेलः
– विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान ।
– त्रिभुवन विश्वविद्यालयबाट एम।बि।ए। तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
– आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्य्दिशाको रुपमा आत्मसात ।
– नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
– जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
– विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
– अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
– अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
– २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/२०४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका ।
– २०६२/२०६३ को जनआन्दोलनमा काठमाडाँैको मोर्चाबाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडाँै त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
– माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व
– माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
– एमालेको सातांै महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
– ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
– छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयसम्म पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका ।
– ०५१ सालको मनमोहन अधिकारी नेतृत्व सरकारको नीति तथा कार्यक्रम र बजेट मस्यौदाकार ।
– फ्रिपीपी (जनताले योजना बनाउने कार्यन्वयन गर्ने र मूल्याङ्कन गर्ने) का पिछल्लो योजनाकार तथा कार्यान्वय कर्ता ।
– सतौ महाधिवेशन (जनकपुर) मा संविधान सभाको निर्वाचन मार्फत जतनाको राजनैतिक अधिकार सुनिश्चितता लागि शुत्रधार कर्ता ।
– राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
– आठांै राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार ।
– केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
– साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताका साथ युग लहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्पलगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन साथै एक्काइसौं शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
– नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।
– लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीको जिम्मेवारीमा रही प्रदेश संरचनालाई स्थापित गर्दै लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउन भूमिका खेलेका ।
– दशौं महाधिवेशनबाट महासचिव पदमा सर्वसम्मत निर्वाचित ।