neapl investment mega bank
  • गृहपृष्ठ
  • सातौं पटक मेस्सीले जिते बालोन डी ओर अवार्ड

सातौं पटक मेस्सीले जिते बालोन डी ओर अवार्ड

Nov 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर १४
पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टाइन फरवार्ड मेस्सीले सातौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेसीको यो सातौं बालोन डी’ओर अवार्ड हो। मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म ,२०१५ र २०१९ मा गरी छ पटक अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ६ पटक अवार्ड जितेका छन् । यो अवार्ड विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरूको मतको आधारमा प्रदान गरिन्छ । यस्तै, महिलातर्फको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयर को ट्रफी प्राप्त गरे ।यस्तै क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी हात पारे ।