neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

राजधानीमा बृहत महापरित्राण २०७८ हुने

Nov 30th, 2021

काठमाडौ, मंसिर १४
देशभरका बुद्ध अनुयायीहरुको भव्य सहभागितामा काठमाडौंमा पुस ९ गते बृहत महापरित्राण हुने भएको छ । हिन्दु धर्मावलीहरुको दसैंतिहार जस्तै बौद्ध धर्मावलीहरुको बृहत मेलालाई महापरित्राण भनिन्छ । यो बौद्ध धर्मालम्वीहरुको धर्मप्रचारको महाअभियान पनि हो । यस अवसरमा २५ जना भिक्षुहरुले सामूहिक यज्ञ गर्नेछन् ।

बुद्ध शान्त पार्क निर्माण समिति ताहाचल १३ काठमाडौंको आयोजनामा महापरित्राण हुन लागेको हो । यसको तयारीका लागि काठमाडौंमा गरिएको कार्यक्रममा यसबारे जानकारी गराइएको हो । यसका लागि काठमाडौं महानगरपालिका, मखन वडा नं २४ काठमाडौं, केशचन्द्र पारवर्त महाविहार, इतुम्बहाल टोल सुधार समिति, महादेव मखन क्लव र नेवा पुचः चितवन लगायतले सहयोग गर्ने जनाइएको छ ।महापरित्राण साँंस्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ । कार्यक्रमको मख्य विशेषता दान हो । कार्यक्रममा सहभागी बौद्ध धर्मावलम्वीहरुले आआफनो दक्ष अनुसार दान कर्म गर्ने जनाइएको छ ।

बुद्ध शान्त पार्क निर्माण समिति व्यवस्थापन समितिका अध्यक्ष शान्तबहादुर शाक्यले कार्यक्रम विहान ९ बजेबाट सुरु हुने जनाए । समितिका उपाध्यक्ष सुन्दरमान श्रेष्ठले कार्यक्रममा देशभरबाट दसौं हजार बौद्ध धर्मावलम्वीहरुको उपस्थिति हुने जनाए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi