neapl investment mega bank

सुन ,कछुवा र नगद सहित पक्राउ

Nov 28th, 2021

काठमाडौं, मंसिर १२
काठमाडौं महानगरपालिका–१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पहेंलो सुन कछुवा अबैध रुपमा बिक्री गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।