neapl investment mega bank
  • गृहपृष्ठ
  • शिवशिखरको गार्डेन मार्ट नेपालगञ्जमा पनि

शिवशिखरको गार्डेन मार्ट नेपालगञ्जमा पनि

Nov 28th, 2021

काठमाडौ, मंसिर १२
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याएको छ । आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउन मार्ट सञ्चालनमा ल्याइएको जनाएको छ ।पश्चिम नेपालको व्यवसायिक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताउनुभयो ।

‘मोफसलका ग्राहकलाईसमेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएका हा,ैं अध्यक्ष शर्माले भन्नुभयो—हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनु पर्दैन ।’यो मार्टमा उपकार ब्रान्डलगायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, ध्यू, मह, जुसलगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्यागलगायतका सामग्री विक्रीका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त शेयर सदस्यलाई प्रत्यक्ष फाइदा पु¥याउने उदेश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ । उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सवै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको जनाएको छ ।