neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको सहज जित

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको सहज जित

Nov 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१२ मङ्सिर
इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टर मिलानले भेनेजियालाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन हाकन कल्हनोग्लु र लाउटारो मार्टिनेजले एक एक गोल गरे।

खेलको ३४ औं मिनेटमा हाकन कल्हनोग्लुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै इन्टर मिलानले १४ खेलबाट ३१ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ ।पराजित भेनेजियाको १४ खेलबाट १५ अंक छ र तालिकाको १५ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi