neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

Nov 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१२ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।घरेलु मैदानमा शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्प्टनलाई ४-० गोलले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे भने थियागो अल्कान्टारा र भर्जिल भ्यान डाइकले एक-एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा जोटाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३२ औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३७ औँ मिनेटमा थियागो अल्कान्टाराले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ५२ औँ मिनेटमा भर्जिल भ्यान डाइकले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित साउथह्याम्प्टनको १३ खेलबाट १४ अंक छ र तालिकाको १४ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi