neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लेरो सानेको गोलमा बायर्न म्युनिखको जित

लेरो सानेको गोलमा बायर्न म्युनिखको जित

Nov 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१२ मङ्सिर

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले आर्मीनिया बिएलेफेल्दलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्न म्युनिखलाई जित दिलाउन लेरो सानेले विजयि गोल गरे।सानेले दोस्रो हाफको ७१ औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै बायर्नले १३ खेलबाट ३१ अंक जोडेको छ र शीर्ष स्थानमा छ।पराजित आर्मीनिया बिएलेफेल्दको १३ खेलबाट नौ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi