neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौ : मन्त्री श्रेष्ठ

नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौ : मन्त्री श्रेष्ठ

Nov 27th, 2021

भक्तपुर, मंसिर ११
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताएकीछन ।

नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगरसम्मेलनको आज उद्घाटन गर्दे मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादीनै लागि पर्ने बताईन ।
उहाँले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहको र थोरै ठाउँ पउनासाथ प्रतिगमनकारी तत्व फेरी उठ्न सक्ने भन्दै प्रतिगमनको अन्त्यको लागि जनतालाई सचेत बनाउनु पर्ने भन्दै माओवादी केन्द्रको एजेण्डा र पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानु पर्नेमा जोड दिईन ।

मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान र संघीयतमाथि हमला गरेर संविधानलाई नै मरणाशन्न बनाउने गरी सर्वभौम सम्पन्न प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा नागरिकको साथबाट संविधान र परिवर्तनलाइं जोगाउन सकिएको भएपनि चुनौति अझै रहेकाले सवै सचेत बन्नुपर्नेमा समेत जोड दिईन । संविधानको रक्षाको लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेकाले गठबन्धन निर्वाचनसम्म नै जाने पनि मन्त्री श्रेष्ठले बताईन ।

मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धीलाई संस्थागत गर्न माओवादी केन्द्रले मात्रै सक्ने पनि बताईन ।मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न आफूले मन्त्रालय संहालेपछि काम शुरु गरिसकेको र फेरी फेरी पनि भूमि सम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्नेगरी कार्ययोजना बनाएर काम शुरु भइसकेको बताईन ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिईन ।उनले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत नै गर्ने गरी प्रक्रिया शुरु गरेको बताउदै नागरिकले आफ्नै जमिनको मालिक बन्न नपाउने र लालपुर्जाको अभावमा नागरिक बन्ने अधिकार समेत नपाउने अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध भएर लागि परेको समेत बताईन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi