neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ३०८ जनामा कोरोना सङ्क्रमण,२९८ जना डिस्चार्ज, तीन को मृत्यु

थप ३०८ जनामा कोरोना सङ्क्रमण,२९८ जना डिस्चार्ज, तीन को मृत्यु

Nov 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर ९

बिहीबार थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार २८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ९०९ जनाको परीक्षण भएको छ । हालसम्म ४५ लाख ९१ हजार ६६० जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २९८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २९८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख एक हजार ४२० पुगेको छ ।

थप तीन को मृत्यु

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५१६ पुगेको छ।