neapl investment mega bank
  • गृहपृष्ठ
  • भूमि सम्बन्धी समस्याको दिगो रुपमा नै समाधान गर्ने गरी कार्ययोजान बनाउन शुरु गरेका छौ : मन्त्री श्रेष्ठ

भूमि सम्बन्धी समस्याको दिगो रुपमा नै समाधान गर्ने गरी कार्ययोजान बनाउन शुरु गरेका छौ : मन्त्री श्रेष्ठ

Nov 25th, 2021

काठमाडौ, मंसिर ९
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधन गर्न संविधानमा भएको व्यवस्थालाई कायान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिनुभएको छ ।

रामेछापको सुनापति गाउपालिका वडा न ४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा शहिद बाबुराम तामाङको शालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अवको केही समयभित्रै भू–उपयोग नीयमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यवसायिक कृषि र उत्पादनमा बृद्धी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले अबका दिनमा शहकारीको माध्यमबाट युवास्वरोजगार बढाउन मन्त्रालयले पहल शुरु गरिसकेको पनि बताउनुभयो । उहाँले “भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरुबाट भएका कामहरुलाई ग्रहण गरेर सवैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामहरुलाई छिटो पूर्णता दिने गरी आपूmले कामको थालनी गरिसकेको र त्यसपछी बाँकी काम गर्दै जाने छौ” भन्नुभयो ।

मन्त्री श्रेष्ठले हलिया कमैया, कमली,तथा हरुवा चरुवाको समस्या समाधान पिडित सँग आफूले छलफल शुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम शुरु गर्ने पनि जानकारी दिनुभयो ।उहाँले रामेछाप जिल्ला कृषि तथा फलफुलका लागि महत्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यवसायिक र उत्पदनमुलक बनाउदै अगाडी बढ्नु पर्नेमा जोड समेत दिनुभयो ।