neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

Nov 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर ९
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा रियल मड्रिडले एफसी शेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन डेभिड अल्बाबा,टोनी क्रुस र करिम बेन्जिमाले एक(एक गोल गरेका थिए ।

खेलको ३० औं मिनेटमा डेभिड अल्बाबाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा टोनी क्रुसले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको ५५ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै रियल मड्रिड लगातार २५ औं वर्ष च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।रियलले पाँच खेलबाट १२ अंक जोडेको छ र समूह (डी) को शीर्ष स्थानमा छ । पराजित एफसी शेरिफको पाँच खेलबाट छ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi