neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान, एकैसाथ ५ वटा नयाँ शाखा सञ्चालन

गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान, एकैसाथ ५ वटा नयाँ शाखा सञ्चालन

Nov 24th, 2021

काठमाडौ, मंसिर ८
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक सफलताको १४ औं वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रमलाई बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको थियो । उक्तकार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

वार्षिकोत्सव कै अवसर पारेर बैंकले सोही दिन ५ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । निरन्तर शाखा तथा सेवाविस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले एकैसाथ ५ वटा शाखा कार्यालयहरुबाट कारोबार शुभारम्भ गरेको हो । बैंकले पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया) बाट एकसाथ कारोबार शुभारम्भ गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवं कर्जाखाताहरु मार्फत ग्राहकमाझ संचालनमा रहेको बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दे आईरहेको बताइएको छ ।