neapl investment mega bank
  • गृहपृष्ठ
  • ड्राइपोर्ट सञ्चालन अलपत्र, भन्सार विभागलाई छैन चासो

ड्राइपोर्ट सञ्चालन अलपत्र, भन्सार विभागलाई छैन चासो

Nov 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंिसर ८

हिमाल सिमेन्टको करिब ३० करोड रुपैयाँ बैंकको ऋण तिरेर बिश्व बैंकको १ अर्ब ६७ करोड ऋण सहयोगमा निर्माण गरिएको चोभारको सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएको ४ महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

तर, अढाई वर्ष लगाएर निर्माण सम्पन्न भएको बन्दरगाहमा जाँचपास र क्वारेन्टिन के कसरी गर्ने भनेर टुंगो भने लाग्न सकेको छैन, जसका कारण ठेकेदारले निर्माण सम्पन्न गरेर बुझाएको चार महिना बित्दासम्म यो कहिले देखि सञ्चालनमा आउँछ भन्ने टुंगो छैन ।

भन्सार विभागले यो बन्दरगाहमा के कसरी सामानको चाजपास गराउने र प्लान्ट क्वारेन्टिन तथा बिषादि व्यवस्थापन केन्द्रले क्वारेन्टीन के कसरी गर्ने भनेर टुंगो लगाउन नसक्दा अहिले यो सञ्चालनमा आउन नसकेको हो ।

भन्सार विभागले अहिलेसम्म यसका लागि आवश्यक कर्मचारी पनि पठाएको छैन । जसका कारण यो कहिले देखि सञ्चालनमा आउँछ भन्ने निश्चीत छैन ।

चोभारमा हालैमात्रै निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन्, बिरगञ्जमा रोकिनु पर्नेछैन । किनभने अहिले काठमाडौैं ब्यापारको मूख्य क्षेत्र भएपनि यहाँ आउने सामानहरु बिरगञ्ज भन्सारमा जाच गराउनुपर्छ । जसका लागि सवारी साधनहरु दुई दिनसम्म भन्सार नाकामा बस्नु पर्ने स्थिती छ ।

सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुत मार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउने भनिएको यो सुख्खा बन्दरगाहमा अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय राखिने तयारी थियो ।तर यो योजना अहिलेसम्म कागजमै सिमित हुन पुगेको छ ।