neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • च्याम्पियन्स लिग फुटबलमा बायर्नको लगातार पाँचौ जित

च्याम्पियन्स लिग फुटबलमा बायर्नको लगातार पाँचौ जित

Nov 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ८
च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लगातार पाँचौ जित निकालेको छ ।मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले डायनामो किएभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र किंग्सले कोमानले एक-एक गोल गरे।बायर्नले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा किंग्सले कोमानले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ७० औं मिनेटमा डायनामो किएभका डेन्य्स हर्मशले एक गोल फर्काएका थिए ।

जितसँगै समूह ‘ई’मा रहेको बायर्नले ५ खेलबाट १५ अंक जोडेको छ शीर्ष स्थानमा छ। बायर्न यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi