neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्समाथि चेल्सीको सहज जित

Nov 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ८
च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग क्लब चेल्सीले सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ट्रेभो चलोबा,रीस जेम्स,कलम हडसन-ओडोई र टिमो वार्नरले एक-एक गोल गरेका थिए ।

खेलको २५ औं मिनेटमा ट्रेभो चलोबाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५५ औं मिनेटमा रीस जेम्सले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ५८ औँ मिनेटमा कलम हडसन-ओडोईले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको इन्जुरी समयमा टिमो वार्नरलेले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसंगै समूह (एच)मा रहेको चेल्सीले ५ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित युभेन्ट्सको ५ खेलबाट १२ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi