neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

Nov 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ८
म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा युनाईटेडले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक-एक गोल गरेका थिए ।युनाईटेडले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ७८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

जितसंगै चेल्सी अन्तिम १६ मा प्रवेश गरेको छ।समूह (एच)मा रहेको चेल्सीले ५ खेलबाट १२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित युभेन्ट्सको ५ खेलबाट १२ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi