neapl investment mega bank

नेप्से रातै

Nov 23rd, 2021

काठमाडौ, मंसिर ७

साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से लगभग रातै देखिएको छ । नेप्से आज ३२ दसमलव २९ अंकले घटेर २७ सय ३३ दसमलव १४ पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ९८ अंकले घटेर पाँच सय १५ दसमलव ४८ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय २७ वटा कम्पनीहरुको ५३ हजार सात सय ६७ पटकको कारोवारमा ७४ लाख ४८ हजार तीन सय ६६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम चार अर्ब १६ करोड ५८ लाख ९६ हजार पाँच सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा अन्य समुहको सुचक बढेर बाँकी १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव चार अंकले घटेर १८ सय ११ दसमलव १३ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि ७५ दसमलव ४४ अंकले घटेर ३१ सय ४१ दसमलव ८० अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ८८ दसमलव सात अंकले घटेर २५ सय २३ दसमलव ८१ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मानुुषी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।