neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कात्तिक महिनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

कात्तिक महिनामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

Nov 23rd, 2021

काठमाडौ, मंसिर ७

इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।मङ्सिर ७ गते कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ कात्तिक महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी २ सय ३१ जना पीडित भएका जनाएको हो । ‘प्रकाशित समाचार अनुसार बागमती प्रदेशमा १ सय ३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भए ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।

कात्तिक महिनामा प्रहरीले १५ जना महिलासहित १ सय १९ जनालाई गिरफ्तार गरेको समाचार प्रकाशन गरिएको छ । ‘प्रहरीले सर्वोच्च अदालत परिसरमा नेपाल बार आबद्ध अधिवक्ताहरूले प्रधानन्यायाधीशको राजिनामा माग गर्दै गरिएको प्रदर्शनमा र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दका क्रममा सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको हो ।’–विश्लेषणमा उल्लेख छ ।

त्यसैगरी यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुर्व्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएका समाचार प्रकाशन गरिएको छ । कात्तिक महिनामा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा ६ जना पत्नीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको समाचार इन्सेक अनलाइनमा प्रकाशित छ । ‘कात्तिक महिनामा बाल अधिकार उल्लंघनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएका समाचार प्रकाशन गरिएको छ ।’–जारी विश्लेषणमा भनिएको छ ।

कात्तिक महिनासम्ममा ७६ लाख २४ हजार ३८ जनाले कोभिडविरूद्धको पूर्ण खोप पाएको पनि विश्लेषणमा उल्लेख गरिएको छ । कात्तिक महिनामा मात्रै पीसीआर विधिबाट १ लाख ९२ हजार १ सय २ ओटा स्वाब परीक्षण गरिएकोमा १२ हजार १ सय १२ जनामा कोभिड पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कलाई आधार मानी विश्लेषण गर्दा कात्तिक महिनामा परीक्षण गरिएका स्वाबमध्ये ६ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi