काठमाडौ, मंसिर ७
ईसेवाबाट एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी यही मंसिर छ गते देखि ई सेवा को माध्यमबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकार्इ खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
यसअघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्ट आईपिएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।