neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मन्त्रीको निर्देशनपछि श्रम कार्यालयको प्रक्रियागत काम सरल र व्यवस्थित

मन्त्रीको निर्देशनपछि श्रम कार्यालयको प्रक्रियागत काम सरल र व्यवस्थित

Nov 23rd, 2021

काठमाडौ, मंसिर ७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिएपछि केही सुधार भएको छ ।

गत मंसिर १ गते बुधवार मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गर्नुभएको थियो । सेवाग्राहीको समस्या र गुनासाहरु सुनेर मन्त्री श्रेष्ठले तत्काल समाधानका लागि कर्मचारीलाई निर्देशन दिएका थिए ।

सुधारहरुः
१. विदेश जाने युवाले भोग्ने सास्ती कम गर्नश्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको छ, जसबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यताहट्ने विश्वास गरिएको छ ।
२. सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएको छ ।
३ ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको छ ।
४ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकोले आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको छ ।
यी प्रयासहरुले प्रक्रियागत काम सरल र व्यवस्थित हुनुका साथै ठगी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi