neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय भक्तपुरबीच छलफल

भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय भक्तपुरबीच छलफल

Nov 22nd, 2021

भक्तपुर, मंसिर ६

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा पदाधिकारी सम्मिलित एक टोली र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत तारा प्रसाद भुसाल तथा अन्य कर अधिकृतहरुको सहभागितामा उद्यमी व्यवसायीहरुको लागि कर सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने विषयमा छलफल भएको छ ।

सोही अवसरमा हालै सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्षश्री मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई कर प्रति त्रसित होइन आकर्षित तुल्याउनु पर्नेमा जोड दिए । यसका लागि आन्तरिक राजस्व कार्यालयसंग मिलेर संघले करदाता जागरण कार्यक्रमहरुको आयोजना गर्दै जाने बिचार व्यक्त गरे ।

प्रमुख कर अधिकृत भुसालले कर बारे शिक्षा दिने कुरामा विशेष ध्यान दिएर कार्यक्रमहरु तर्जुमा गर्दे जाने विश्वास दिलाउँदै विगतमा झै आफ्नो कार्यकालमा पनि स्थानीय उद्योग वाणिज्यसंघ संग सहकार्य गर्दै अघि बढने बताए ।

उक्त अवसरमा अध्यक्ष मानन्धरले संघको प्रकाशन स्मारिका र किट ब्याग प्रमुख कर अधिकृत भुसाललाई दिएका थिए । संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, बस्तुगत तर्फका उपाध्यक्ष राजेन्द्र प्रसाद प्रजापति, एसोसियट उपाध्यक्ष गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्गको उपस्थिति रहेको थियो ।