काठमाडौ, मंसिर ५
सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर आईतबारदेखि ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ ।आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ ।
कुमारीपाटी स्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्यामकाजी अवालेले संयुक्तरुपमा गरेका हुन । सो समारोहमा श्यामकाजी अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । सानिमा बंैकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।