neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सहज जित

Nov 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिंग, रोड्रि र बर्नार्डो सिल्भाले एक-एक गोल गरे ।

खेलको ४४ औँ मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५५ औँ मिनेटमा रोड्रिले गोल गर्दै टोलीको अग्रता अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८६ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसंगै सिटीले १२ खेलबाट २६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित एभर्टनको १५ अंक छ र ११ औं स्थानमा छ । शीर्ष स्थानको चेल्सीको १२ खेलबाट २९ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi