neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ग्रानाडालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा

ग्रानाडालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा

Nov 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ६

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा समेटिएको ग्रानाडालाई ४-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियल मड्रिडलाई जित दिलाउन मार्को एसेन्सियो,नान्चो,विनी जूनियर र फेर्ल्याण्ड मेन्डीले एक-एक गोल गरे ।ग्रानाडाका लुइस सुआरेजले एक गोल गरे ।

खेलको १९ औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा नान्चोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ३४ औं मिनेटमा ग्रानाडाका लुइस सुआरेजले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफको ५६ औं मिनेटमा रियलका विनी जूनियरले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

खेलको ६७ औं मिनेटमा ग्रानाडा १० खेलाडीमा समेटिएको थियो ।ग्रानाडाका मोन्चुले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा रियलले उठायो ।

खेलको ७६ औं मिनेटमा फेर्ल्याण्ड मेन्डीले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसंगै रियल मड्रिडले १३ खेलबाट ३० अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित ग्रानाडाको ११ अंक छ र तालिकाको १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi