neapl investment mega bank

कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिदाई

Nov 21st, 2021

काठमाडौ, मंसिर ५

नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा. भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको हो ।

बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशक वीचको लिंकेजलाई निरन्तरता दिनु पर्ने बताउदै आफुले ३७ महिनाको कार्यकालमा धेरै नै बिषयहरु सिक्न पाएको बताए ।

त्यसैगरी संचालक साउदले आफनो कार्यकालमा गर्नुभएको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पु¥याउनु भएको सहयोगको सरहना गरे । उनले संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लाने प्रतिवद्धता ब्यक्त गरे ।