neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड वाटफोर्डसँग पराजित

Nov 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ५
इंग्लीस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड वाटफोर्डसँग पराजित भएको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा वाटफोर्डले १० खेलाडीमा समेटिएको म्यान्चेस्टर युनाईटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा वाटफोर्डलाई जित दिलाउन जोशुआ किङ,इस्माइला सर,जोआओ पेड्रो र इमानुएल बोनाभेन्चरले एक-एक गोल गरे। युनाईटेडका डोनी भ्यान डे बेकले एक गोल गरे।

खेलको २८ औँ मिनेटमा वाटफोर्डका जोशुआ किङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा इस्माइला सरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५० औं मिनेटमा युनाईटेडका डोनी भ्यान डे बेकले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए।

खेलको ६९ औं मिनेटमा युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।युनाईटेडका ह्यारी मागुइरेले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा वाटफोर्डले उठायो ।

इन्जुरी समयको दोस्रो मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई ३-१ ले अघि बढाए।

त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा इमानुएल बोनाभेन्चरलेले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै वाटफोर्डले १२ खेलबाट १३ अंक जोडेको छ र तालिकाको १६ औं स्थानमा छ । ।पराजित युनाईटेडको १२ खेलबाट १७ अंक छ र तालिकाको सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi