neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको पीएसजीलाई १२ अंकको अग्रता

शीर्ष स्थानको पीएसजीलाई १२ अंकको अग्रता

Nov 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर ५

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १२ अंकको अग्रता बनाएको छ । शनिबार राति पार्क डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र लियोनल मेस्सीले एक-एक गोल गरे।मेस्सीले लिग वान मा आफ्नो पहिलो गोल गरेका हुन्। पीएसजीले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको दोस्रो मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६५ औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो ।पीएसजीका केय्लोर नाभासले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

खेलको ७६ औं मिनेटमा नान्टेसका रान्डल कोलो मुआनीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ८१ औं मिनेटमा नान्टेसका डेनिस एपियाले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि बढ्यो।

त्यसपछि खेलको ८७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै पीएसजीले १४ खेलबाट ३७ अंक जोडेको छ र शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको रेन्सको १४ खेलबाट २५ अंक छ ।पराजित नान्टेसको १४ खेलबाट १८ अंक छ र ११ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi