neapl investment mega bank
  • गृहपृष्ठ
  • आईएमई जनरलद्धारा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

आईएमई जनरलद्धारा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

Nov 18th, 2021

काठमाडौ, मंसिर २

आईएमई जनरल इन्स्योरेन्स कम्पनीले क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि कम्पनीको लागि तोकिएका जिल्लाहरु : सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि यही कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भयो ।

उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमा भन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधारभई कम्पनीले ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको छ ।