neapl investment mega bank

एकै दिन ३२ अंकले घट्यो नेप्से

Nov 18th, 2021

काठमाडौ, मंसिर २

नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार ३२ दसमलव ३९ अंकले घटेर २७ सय ६९ दसमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि चार दसमलव २५ अंकले घटेर पाँच सय २१ दसमलव १८ अंकमा झरेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको ७० हजार ३७ पटकको कारोवारमा ९८ लाख ६२ हजार नौ सय ४० कित्ता सेयर किनबेच भएको छ भने भने कारोवार रकम छ अर्ब २७ करोड १८ लाख ६७ हजार दुुई सय ३० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक घटेर सेयर बजार रातै भएको छ । ति बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव १९ अंकले घटेर १८ सय २८ दसमलव ५९ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि २७ दसमलव सात अंकले घटेर २६ सय ५४ दसमलव ८९ अंकमा झरेको छ । यसैगरी बिकास बैक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मानुषी लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।