neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ७७ जिल्लामै पुग्यो स्वरोजगार कार्यक्रम

७७ जिल्लामै पुग्यो स्वरोजगार कार्यक्रम

Nov 17th, 2021

काठमाडौ, मंसिर १

युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाउनुभएका मन्त्री अथकले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिनुभएको हो ।

नेपाल सरकारबाट बि.सं. २०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi