neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अर्जेन्टिना विश्वकपमा छनोट

Nov 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,१ मंसिर

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा अर्जेन्टिना छनोट भएको छ ।

बुधबार बिहान  घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले ब्राजिलसँग गोलरहित बराबरी खेल्दै विश्वकपमा स्थान पक्का गरेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्यो र शीर्ष स्थानमा रह्यो ।ब्राजिल यस अघि नै विश्वकपमा छनोट भईसकेको छ।अर्जेन्टिनाले १३ खेलबाट २९ अंक जोड्यो र दोस्रो स्थानमा रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi