काठमाडौ, कात्तिक ३०
नेपाल राष्ट्र बैकले आज मंगलबार देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी तीन महिनााको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार निर्यात संगै आयात पनि बढेको छ भने बैदेशिक व्यापार घाटा पनि उच्चरुपमा बढेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु निर्यात एक सय नौ दसमलव पाँच प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दसमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४७ दसमलव एक प्रतिशत, १९ दसमलव चार प्रतिशत र २७ दसलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु आयात ६३ दसमलव सात प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दसमलव सात प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८ दसमलव चार प्रतिशत, ५५ दसमलव दुई प्रतिशत र एक सय २४ दसमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुकोआयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८ दसमलव तीन प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दसमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दसमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।