neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

स्विट्जरल्यान्ड विश्वकपमा छनोट

Nov 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,३० कात्तिक

स्विट्जरल्यान्डका स्ट्राइकर नोआ ओकाफोरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि बुल्गेरियालाई ४-० ले हराउँदै अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेको छ ।

सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डले बुल्गेरियालाई ४-० गोलले पराजित गर्दै सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन नूह ओकाफोर,रुबेन वर्गास,सेड्रिक इटेन र रेमो फ्रुलरले एक-एक गोल गरे ।

खेलको ४८ औं मिनेटमा नूह ओकाफोरले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा रुबेन वर्गासले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ७२ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि दोस्रो हाफ इन्जुरी समयमा रेमो फ्रुलरले गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै समूहको (सी)को शीर्ष स्थानमा रहेको स्विट्जरल्यान्ड विश्वकपमा छनोट भएको छ।स्विट्जरल्यान्डले ८ खेलबाट १८ अंक जोड्यो ।पराजित बुल्गेरियाले ८ खेलबाट ८ अंक जोड्यो र समूहको चौथो स्थानमा रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi