neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

‘एक पालिका, एक दमकल’

Nov 15th, 2021

ओखलढुङ्गा, २९ कात्तिक /रासस

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तक्र्रियामा उहाँले ‘एक पालिका एक दमकल’ को अबधारणालाई सरकारले अगाडि बढाएको बताउनुभयो ।“जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई माग पठाउनुहोला ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा पालिका प्रमुख उपप्रमुखले हाल सिद्धिचरण नगरपालिकामा मात्र दमकल रहेको र अन्य स्थानीय तहमा नभएको जानकारी दिनुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले आगलागीबाट जिल्लामा बर्सेनि सामुदायिक तथा निजी वन, सार्वजनिक र निजी सम्पत्ति तथा जनधनकोे क्षति हुने गरेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi