neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अन्तिम खेलमा जर्मनीको सानदार जित

Nov 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२९ कात्तिक

फिफा विश्वकप युरोपेली छनोटमा जर्मनीले सानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा अर्मेनियालाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै जर्मनीले आफ्नो अन्तिम खेलमा जित निकालेको हो ।

जर्मनीलाई जित दिलाउन इल्केय गुन्डोगनले दुई गोल गरे।त्यस्तै, काई हार्ट्ज र जोनास होफम्यानले एक-एक गोल गरे । अर्मेनियाका हेनरिक मखितारियनले एक गोल गरे ।

खेलको १५ औं मिनेटमा काई हार्ट्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरि समयमा इल्केय गुन्डोगनले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५० औं मिनेटमा गुन्डोगनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ५९ औं मिनेटमा अर्मेनियाका हेनरिक मखितारियनले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ६४ औं मिनेटमा जर्मनीका जोनास होफम्यानले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै समूहको (जे)को शीर्ष स्थानमा रहेको जर्मनी यस अघि नै विश्वकपमा छनोट भईसकेको छ।जर्मनीले १० खेलबाट २७ अंक जोड्यो ।पराजित अर्मेनियाको १० खेलबाट १२ अंक छ र समूहको चौथो स्थानमा रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi