neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

स्पेन विश्वकपमा छनोट

Nov 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२९ कात्तिक
फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपियन छनोटमा स्पेन ले स्विडेनलाई पराजित गरेको छ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले स्विडेनलाई १-० गोलले पराजित गर्दै सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको हो ।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले विजयि गोल गरे।मोराटाले खेलको ८६ औं मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गरेका हुन्।

जितसँगै समूहको ९बी०को शीर्ष स्थानमा रहेको स्पेन विश्वकपमा छनोट भएको छ। स्पेनले आठ खेलबाट १९ अंक जोडेको छ।पराजित स्विडेनको आठ खेलबाट १५ अंक छ र समूहको दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi