neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पोर्चुगललाई पराजित गर्दै सर्बिया विश्वकपमा छनोट

पोर्चुगललाई पराजित गर्दै सर्बिया विश्वकपमा छनोट

Nov 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२९ कात्तिक

फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपियन छनोटमा सर्बियाले पोर्चुगललाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको मैदानमा २-१ गोलले पराजित गर्दै सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको हो ।

सर्बियालाई जित दिलाउन दुसान टाडिक र अलेक्जेन्डर मिट्रोभिकले एक-एक गोल गरे ।पोर्चुगलका रेनाटो सान्चेसले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पोर्चुगलले लिएको थियो। खेलको दोस्रो मिनेटमा रेनाटो सान्चेसले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३३ औं मिनेटमा सर्बियाका दुसान टाडिकइन्टरले गोल गर्दे खेल एक-एक को बराबरीमा फर्कियो ।

त्यसपछि दोस्रो हाफको ९० औँ मिनेटमा सर्बियाका अलेक्जेन्डर मिट्रोभिकले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै समूहको (ए)को शीर्ष स्थानमा रहेको सर्बिया विश्वकपमा छनोट भएको छ। सर्बियाले आठ खेलबाट २० अंक जोडेको छ।पराजित पोर्चुगलको आठ खेलबाट १७ अंक छ र समूहको दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi