neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमवीको एआईमा अधारित भिडियो केवाईसी – नेपाली बैंकिङ जगतमै पहिलो

एनएमवीको एआईमा अधारित भिडियो केवाईसी – नेपाली बैंकिङ जगतमै पहिलो

Nov 14th, 2021

काठमाडौं, कात्र्तिक २८

एनएमवी बैंकले भिडियो केवाईस, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमौ रही खाता खोली कोरोबारगर्न सकीने योजना ल्याएको छ । एनएमवी बैंक नेपाली बैंकिङ जगतमै शुरु देखि अन्त्इसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रकृया शुरु गर्ने पहिलो बैंक हो ।
बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अव ग्राहकहरुले एनएमवीमा भिडियो कल मार्फत अनलाइन नायँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नजो केवाईसी विवरणहरु पूरुा÷अपडेट गर्न सक्दछन् ।

‘एनएमवीले ग्राहकहरुको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनका ेशुरुवात गर्दैछ । ग्राहकहरुले अव मोवाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरुको लागि घरमै वसी बैंकिङ कारोवार सहज वनाउनुको साथै सवै प्रकारको म्यानुअव कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित,र कागज विहिन बैंकिङ सेवा प्रदान गर्दछ जुन बैंकको ग्लोवल एलाइन्स फर भ्यालु वेस्ड बैंकिङ सदस्यका नाताले वातावरण मैत्री बैंकिङ प्रति प्रतिवद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैवीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको व्राण्ड एम्वेसेडर नियरुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलन माफृत सो जानकारी गराएको हो । एनएमवी बैंक नेपालकै अग्रणी बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपालको सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदियमान अभिनेता मध्ये एक हुन् । एक प्रेस वक्तब्य जारी गर्दै बैंकले शाहसँग र्दुपक्षिण् समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने बिश्वास लिइएको बैंकले जनाएको छ । एनएमवी बैंकको व्राण्ड एम्वेसेडर भएर सहकार्य गर्न पाउँदा आफूालई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भुमिका प्रश्तुत गनर्जे प्रतिवद्धता शाहले ब्यक्त गरे । शाहलाई एनएमवी वैंक परिवारमा ब्रा(ड एम्ेवेसेडरकारुपमा अफिसियल स्वगत गर्न पाउँदा खुशी लागेको बैंकले जनाएको छ । जरी शाहले अभिनय सँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन् त्यसैगरी एनएमवी वैंकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आएको छ ।

बैंकले देशभरमा १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्स्टेन्सन काउण्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।