neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको सहयोगमा १०० वटा सेतो छडी वितरण

सिद्धार्थ बैंकको सहयोगमा १०० वटा सेतो छडी वितरण

Nov 14th, 2021

काठमाडौ, कात्र्तिक २८

सिद्घार्थ बैंक लिमिटेडले काठमाण्डौस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत १०० वटा सेतो छडीको लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंककातर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलँले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुुन ।

बैंकबाट प्राप्तउक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउदो मंसिर १७ गते अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहिन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ । अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दे आईरहेको उक्त संस्थालाई पु¥याएको सो रकम सहयोगबाट दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।