आधारभूमि संवाददाता
नयाँदिल्ली , २८ कात्तिक
भारतको राजधाली जयाँ दिल्लीमा प्रदूषणको तह उच्च भएको छ । प्रदुषण तिव्र रुपले बढेपछि दिल्लीमा लकडाउन गर्ने तयारी गरेको वताइएको छ । पछिल्लो एक सातादेखि दिल्लीलगायत गुरगाउँ, नोडिया, गाजियाबादमा प्रदुषणले हद नाघेको छ ।
वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको मानिन्छ । विज्ञहरुका अनुसार यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगायत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुन्छ।
दिल्ली सरकराले सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द गरिसकेको छ भने सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् ।
प्रदूषण नियन्त्रण गर्न केन्द्र र दिल्ली सरकारका नाममा सर्वोच्च अदालतले आपत्कालीन कदम चाल्न आदेश दिइसकेको छ भने मुख्यमन्त्री केजरीवालले प्रदूषण रोक्न विभिन्न योजना ल्याएको जनाइएको छ ।
पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा गरेका हुन् । उनले निजी कार्यलयका कर्मचारीलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्न निर्देशन दिएका छन् ।
नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्दैछन् । त्यस्तै, धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणसम्बन्धी कार्य १७ नोभेम्बरसम्म बन्द हुने भएका छन् ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिवार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपयुक्त मानिन्छ ।