neapl investment mega bank
  • गृहपृष्ठ
  • २४ बैंकको निष्क्रिय कर्जामा सुधार, को-को ले घटाए सूचिसहित

२४ बैंकको निष्क्रिय कर्जामा सुधार, को-को ले घटाए सूचिसहित

Nov 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, कात्तिक २८

२७ वटा बाणिज्य बैकमध्ये २४ वटा बैंकहरुको खराब कर्जा घटेको देखिएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले खराब कर्जा घटाएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा घटेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात औसतामा १ दशमलव पाँच नौ प्रतिशत थियो । तर यो आर्थिक वर्षको असोज मसान्तसम्म यो घटेर १ दशमलव एक छ प्रतिशतमा झरेको छ ।

सबैभन्दा कम निष्क्रिय कर्जा सानिमा बैंकको देखिएको छ । त्यसैगरि सबैभन्दा धेरै सरकारी स्वामित्वको राष्ट्रिय बैंकको भने खराब कर्जा २७ बैंकहरुमध्ये सबैभन्दा बढि छ ।

निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ । एभरेष्टको निष्क्रिय कर्जा ०.२२ प्रतिशतबाट घटेर ०.१३ प्रतिशतमा झरेको छ भने नेपाल एसबीआईको ०.२५ प्रतिशतबाट ०.१७ प्रतिशतमा झरेको छ ।

Bank Mid Oct 2021 Ashwin End 2078 
Mid Oct 2020
Ashwin End 2077
 
 Sanima0.11%0.40% 
 Everest0.13%0.22% 
Nepal SBI0.17%0.25% 
NIC Asia0.49%0.40% 
Laxmi0.49%0.97% 
Machhapuchchre0.50%0.42% 
Siddhartha0.54%1.32% 
Himalayan0.58%1.23% 
Prime0.62%1.37% 
Standard Chartered0.67%0.87% 
Kumari0.82%1.43% 
Mega0.89%1.01% 
Bank of Kathmandu0.92%2.18% 
Civil0.96%1.50% 
Nabil1.13%0.65% 
Sunrise1.13%1.58% 
Nepal Credit & Commerce1.48%2.83% 
Prabhu1.61%2.67% 
Global IME1.62%1.83% 
Nepal Bangladesh1.71%1.97% 
NMB1.85%2.26% 
Century1.88%2.08% 
Citizens1.91%1.43% 
Nepal Bank2.00%3.02% 
Agriculture Dev2.08%2.37% 
Nepal Investment2.27%2.80% 
Rastriya Banijya Bank3.01%4.10%