neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रान्स विश्वकपमा छनोट ,एमबाप्पेको चार गोल

फ्रान्स विश्वकपमा छनोट ,एमबाप्पेको चार गोल

Nov 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२८ कात्तिक
फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपियन छनोटमा साविक विजेता फ्रान्सले काजाकिस्तानलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा फ्रान्सले काजाकिस्तानलाई ८-० गोलले पराजित गर्दै सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले चार गोल गरे ।त्यस्तै, करिम बेन्जेमाले दुई गोल ,एड्रियन रेबियोट र एन्टोनी ग्रिजम्यानले एक-एक गोल गरे । एमबाप्पेले खेलको ६,१२, ३२ र ८७ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक सहित ४ गोल पूरा गरेका हुन्।

जितसँगै समूहको (डी)को शीर्ष स्थानमा रहेको फ्रान्स विश्वकपमा छनोट भएको छ। फ्रान्सले सात खेलबाट १५ अंक जोडेको छ।पराजित काजाकिस्तानको आठ खेलबाट तीन अंक छ र समूहको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi