neapl investment mega bank
  • गृहपृष्ठ
  • गुठी सम्बन्धी कानुन निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्छुः मन्त्री श्रेष्ठ

गुठी सम्बन्धी कानुन निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्छुः मन्त्री श्रेष्ठ

Nov 13th, 2021

काठमाडौ, कात्तिक २७

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकीछन ।

मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोकारवालहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै बैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताएकी हुुन ।

उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताईन । छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिईन ।

मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरुसँग यसअघि नै छलफल गरिसकेकीछन ।